नेपालको राष्ट्रिय खेल अब भलिबल

भलिबल नेपालको राष्ट्रिय खेल भएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो। बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएको बताए।

लामो समयदेखि डन्डिबियोलाई राष्ट्रिय खेलको रूपमा मानिदै आएको भए पनि आधिकारिक रूपमा सोमबारदेखि नेपालको राष्ट्रिय खेल भलिबल भएको हो।

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार १०:४०