काठमाडौं महानगरमा ७२ हजार मत गन्न बाँकी, एमालेका शाक्य ९ हजार मतले अघि

काठमाडौं महानगरपालिकाको १ लाख मत गणना सकिएको छ । यसका लागि ८ दिन लाग्यो । अझै झण्डै ७२ हजार मत गणना गर्न बाँकी नै छ । निर्वाचन अधिकारीहरुका अनुसार महानगरमा १ लाख ७२ हजार बढी मत खसेको छ ।
सोमबार साँझ १ लाख मत गणना भइसक्दा मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ९ हजार बढी मत अन्तरको अग्रता लिएका छन् । उनले ३२ हजार ३८८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले २३ हजार २१८ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना छिन् । उनले १२ हजार ५६२ मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले ९ हजार ५१२ मत पाएका छन् भने माओवादीका सर्वोत्तम डंगोलले ३ हजार ५९३ मत पाएका छन् ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार २०:१४