सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति
राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना परिचालन गरिएको थियो । ‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ ।
पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।
प्रकाशित मितिः ८ जेष्ठ २०७४, सोमबार २०:१०
साझा बिसौनी ।