एन्फा लिगको सेमिफाइनल समीकरण पूरा

सुर्खेत, ८ जेठ । सुर्खेतमा जारी जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा समिकरण पूरा भएको छ । क्वाटरफाइनल चरणअन्तर्गत सोमवार दुई वटा खेल सम्पन्न भएसँगै समिफाइनल पुग्ने सबै क्लबको टुंगो लागेको छ ।

सोमवार आ आप्mना खेल जित्दै वीरेन्द्रनगर र शिद्धपाइला अघि बढेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएका हो ।

सोमबार भएको अन्तिम क्वार्टर फाइनलमा काँक्रेविहार क्लवको चुनौति १ शून्यले पन्छाउँदै साविक उपविजेता वीरेन्द्रनगरले सेमिफाइनल यात्रा तय गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समय सकिन २ मिनेट बाँकी रहँदा वीरेन्द्रनगरका लोकेन्द्र भट्टले गरेको गोल निर्णायक बन्न पुग्यो ।

त्यसअघि विहान भएको खेलमा दीपेन्द्र सोतिले २२ औं मिनेटमा गरेको गोल सिर्जनशीललाई क्वार्टरफाइनलबाटै फर्काउन काफी भयो । यसअघि साथी खोर्के युवा क्लव स्काई र एबीसी युथ क्वलले सेमिफाइनलमा आप्mनो ठाउँ सुनिश्चित गरिसकेका छन । प्रतियोगिताअन्तर्गत मंगलवारबाट शुरु हुने सेमिफाइनल चरणका खेलहरुका लागि २० रुपैयाँ टिकट शुल्क तोकिएको आयोजक सुर्खेत जिल्ला पूmटबल संघका महासचिव गणेशकुमार काकीले जानकारी दिए ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार १९:५४