दुर्घटनामा एक जना प्रहरीको मृत्यु, २५ जना घाइते

सुर्खेतको गोठिकाँडानजिक नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेतर्फ आउँदै गरेको ना १ ज ४७६ नम्बरको प्रहरी गाडि केहीबेर अघि दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको निधन भएको हो । उनको वीरेन्द्रनगरस्थित एक नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडिमा सवार अन्य २५ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये केहीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइहेको छ भने केहीको वीरेन्द्रनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार ११:१७