शैक्षिक सामग्री वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ माघ ।
बैनी शिक्षाका लागि दिदी कार्यक्रम अन्तर्गत साटाखानीका २५ जना साना बैनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ग्लोबल एक्सन नेपाल संस्थाको सहयोगमा बिहीवार एक कार्यक्रमकाबीच पोखरा भञ्ज्याङ्ग निम्न माध्यमिक विद्यालयमा अध्ययनरत साना बैनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 
कार्यक्रममा ठूलदिदीहरूले ‘छोरीलाई बालविवाह होइन शिक्षा दिनुपछर्’ भन्ने नाटक प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा साना बैनी तथा उनीहरूका अभिभावकहरूको उपस्थिति रहेको बताइएको छ ।