सुर्खेतमा ‘भायानेट होलसेल बजार’ सञ्चालन

 

सुर्खेत: इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले सुर्खेतमा ‘होलसेल बजार’ कार्यक्रम आयोजना गरेको छ । विजया दशमीसहित दीपावलीको अवसर पारेर होलसेल बजार कार्यक्रम सञ्चालन गरिएको हो ।

वीरेन्द्रनगरको मंगलगढीचोक नजिक बजार सञ्चालनमा ल्याइएको छ । असोज २८ गतेदेखि सुरु भएको बजार कार्तिक १० गतेसम्म चल्नेछ । उक्त होलसेल बजार स्थानीय व्यापारीहरूको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रमको उद्देश्य स्थानीय कृषक र व्यवसायीहरूलाई बजारमा सहज पहुँच दिलाउने र वीरेन्द्रनगरवासीहरूलाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य वस्तु तथा स्थानीय कृषि उत्पादन खरिद–बिक्री गर्ने अवसर प्रदान गर्नु रहेको आयोजक भायानेट कम्युनिकेशनले जनाएको छ । बजारमा सहभागी हुनका लागि प्रवेश निःशुल्क रहेको छ । भायानेटले यस कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध सुदृढ पार्दै स्थानीय अर्थतन्त्र सशक्त बनाउने अभियानलाई थप गतिशील बनाउने जनाएको छ ।

२५ वर्षदेखि नेपालभरका उपभोक्तालाइ इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेट कम्युनिकेशन लिमिटेडले विगत केही वर्षदेखि सुर्खेतमा पनि आफ्नो सेवा दिइरहेको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०८२, बिहीबार ११:१७