पर्यटन प्रवर्द्धन योजना
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । अघिल्ला आर्थिक वर्षहरूबाट नै उक्त बस्ती विकासको काम थालिएको हो । चालु आर्थिक वषर्मा पनि प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकासको काम थालिएको हो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको छ । प्रदेशकै गौरवको रूपमा रहेको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवर्द्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको हो । त्यसका लागि ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न लागिएको हो । यसैगरी हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार निर्माण गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो । रिंग्मो बस्ती निर्माण र मानसरोवर प्रवेशद्वारका लागि पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । यो वर्ष दुईवटा पूर्वाधार निर्माणका लागि ३४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मानसरोवर प्रवेशद्वारको पूर्वाधार निर्माण सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पूनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । केही वर्षअघि नै पूर्वाधार निर्माणको काम अघि बढेको हो । दश किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालयको भवन निर्माण, खार्पुनाथमा रहेको शिवमन्दिरको समेत स्तरोन्नति गरिनेछ ।
कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनमा विशेष जोड दिएको छ । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको लक्ष्य लिइएको छ । त्यसैले पनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष धेरै कार्यक्रम राखेको छ । जिल्ला–जिल्लाबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यसले पर्यटन प्रवद्र्धनसँगै प्रदेशको आर्थिक विकासमा सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २९ आश्विन २०८२, बुधबार ०५:०३
सम्पादकीय ।