पर्यटन प्रवर्द्धन गर्न अनुपम बस्ती विकास

सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । अघिल्ला आर्थिक वर्षहरूबाट नै उक्त बस्ती विकासको काम थालिएको हो । चालु आर्थिक वषर्मा पनि प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकासको काम थालिएको हो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशकै गौरवको रूपमा रहेको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनका अनुसार शे–फोक्सुन्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ ।
ताल किनारमा रहेको रिंग्मो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न लागिएको हो । पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको श्रेष्ठले बताए । ‘शे–फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्,’ श्रेष्ठले भने, ‘तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो ।’
यसैबीच हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार निर्माण गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो । रिंग्मो बस्ती निर्माण र मानसरोवर प्रवेशद्वारका लागि पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । यो वर्ष दुईवटा पूर्वाधार निर्माणका लागि ३४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
मानसरोवर प्रवेशद्वारको पूर्वाधार निर्माण सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । केही वर्षअघि नै पूर्वाधार निर्माणको काम अघि बढेको हो । दश किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालयको भवन निर्माण, खार्पुनाथमा रहेको शिवमन्दिरको समेत स्तरोन्नति गरिनेछ ।
कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको लक्ष्य लिइएको छ । त्यसैले पनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष धेरै कार्यक्रम राखेको छ । जिल्ला–जिल्लाबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
प्रदेश सरकारले पर्यटन नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढेको हो । पर्यटकीय स्थलको पहिचानदेखि पूर्वाधार निर्माणसम्मका योजना प्रदेश सरकारले राखेको छ । चालु आर्थिक वर्षमा नयाँ पर्यटकीय स्थानको पहिचान गर्ने र पहिचान भएका पर्यटकीय स्थलको संरक्षण गर्ने लक्ष्य प्रदेश सरकारको छ । केही स्थानमा पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
प्रकाशित मितिः २८ आश्विन २०८२, मंगलवार १०:००
रजनी याेगी ।