गुर्भाकोटलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने प्रतिवद्धता

गुर्भाकोट (सुर्खेत), ८ जेठ । गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकालाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा एक समारोहका विच नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य लगायतले पद तथा गोपनियताको सफतग्रहण गरेका हुन् ।

नगरपालिकाका प्रमुख र उप प्रमुखलाई निर्वाचन अधिकृत उपेन्द केशर खनालले पद तथा गोपनियताको सफत ग्रहण गराएका हुन् भने वडा सदस्यहरुलाई नगरपालिका प्रमुख हस्त पुनले सपथ ग्रहण गराएका हुन् ।

नव निर्वाचित नगरप्रमुख हस्त पुनले गुर्भाकोटलाई समृद्ध र अधिकारसम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता जनाए । २० वर्षपछि नागरिकले आफ्ना जनप्रतिनिधि छनौट गर्न पाएको भन्दै सिंहदरबारमा केन्द्रीत अधिकार स्थानीयस्तरमा स्थापित भएको बताए । उनले अहिले चुनावमा जनता सामु गरेका वाचा पूरा गर्न आफु सम्पूर्ण सहकर्मी सदस्यहरुसग समन्वय गरेर अगाडि वढ्ने बताए । अबको पाँच वर्षमा गुर्भाकोट नगरपालिकालाई स्वच्छ, सुन्दर र हराभरा गराउन लागि पर्ने जनाए।

शैक्षिक विकासका लागि प्राविधिक क्याम्पस स्थापना गर्ने, नगरपालिकाभित्र पर्ने साविकका सातवटै गाविसमा एक एक वटा अस्पताल भवन र एक एक जना एमविविएस डक्टर उपलव्ध गराउने, मेहेलकुना अस्पतालको स्तरोन्नती गर्ने, सडक, खानेपानी, विजुलि जस्ता अत्यावश्यक पूर्वाधारहरु निर्माण गर्ने प्रतिवद्धता जनाए ।
निर्वाचन अधिकृत उपेन्द्र केशर खनालको अध्यक्षता तथा नव निर्वाचित नगर प्रमुख हस्त पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार १७:२७