प्रदेश नं. ६ मा कुन दलले कति स्थानीय तह जिते ?

प्रदेश नम्बर ६ का १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ७८ वटाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अब कालिकोटको नरहरीनाथ गाउँपालिकाको मात्रै परिणाम आउन बाँकी छ । उक्त नगरपालिकामा यसअघि स्थगित भएको मतदान आइबार मात्र पुनः भएको छ ।

परिणाम सार्वजनिक भएका ७८ मध्ये २६ वटामा नेकपा एमालेले जीत हात पारेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले भने समान २५÷२५ स्थानीय तह जितेका छन् । यो नतिजाले प्रदेश ६ मा प्रमुख तीन दलबीच प्रतिस्पर्धा रहेको देखाएको छ ।

-तस्बिर : अनलाइनखबरबाट साभार

प्रकाशित मितिः   ८ जेष्ठ २०७४, सोमबार १२:१६