आदित्य रोय बन्दैछन् क्याट्रिना र रणवीर बीचको पुल

रणविर कपूर र क्याट्रिना कैफले बाल्कुनीमा किस गरेको घटनापछि उनीहरूको ब्रेकअपको खबरले सबै दर्शकहरूलाई चकित पारेको थियो । हाल क्याट्रिना आफ्नो नयाँ चलचित्र ‘फितुर’को प्रमोशनमै व्यस्त छिन्, तर यसै चलचित्रका नायक ‘आदित्य रोय कपुर’ को ध्येय भने भिन्दै रहेको छ ।
रणवीर र क्याट्रिना बीचको सम्बन्धमा खटपट भएपछि आदित्यले भने दुईबीचको सम्बन्ध सुधारको लागि प्रयास गरेका छन् । फितुरको प्रमोशनको लागि मात्रै आदित्यले क्याट्रिनासँग समय बिताउँदै छैनन्, उनको असल मित्र रणवीर र क्याट्रिनाको बीचमा भएको दूरी हटाउन पनि लगातार लागिरहेका छन् ।
आदित्य आफ्नो उद्देश्यमा सफल हुन्छन् कि हुँदैनन् भविष्यकै हातमा छ । बलिउडको निकै चर्चित जोडीको ब्रेकअप हुँदा रणवीर–क्याट्रिना जोडीका शुभचिन्तकहरूले भने फेरि प्याच–अप गर्ने सल्लाह दिइरहेका छन् ।
(एजेन्सी)