भेरी कृषिको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ ।
भेरी कृषि बजार सहकारी संस्था सहारे–८, बोटेचौर, सुर्खेतको एघारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष खुमा ढकालको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७१÷०७२ को वार्षिक प्रगति प्रतिवेदन, वार्षिक लेखापरीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७२÷०७३ को प्रस्तावित कार्यक्रम समेत अनुमोदन गरेको छ । 
आर्थिक वर्ष २०७१÷०७२ को वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष लालबहादुर डिसीले प्रस्तुत गरेका थिए भने । संस्थाका कोषाध्यक्ष चित्रबहादुर खड्काले वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा जम्मा शेयेरपूँजी २३ हजार दुई सय र जम्मा आय–व्यय नौ लाख ६१ हजार एक सय ९२ रूपैयाँ ५९ पैसा बराबरको विवरण प्रस्तुत गरे । त्यस्तै साधारणसभाले संस्थाका १० जना उत्कृष्ट विभिन्न तरकारीको बीऊ उत्पादक कृषकहरूलाई एक÷एक वटा कृषि औजार प्रदान गर्दै सम्मान्न गरेको छ । उक्त साधारणसभामा सानाकिसान कृषि सहकारी संस्था लि. सहारेका प्रतिनिधि वासुदेव परियार, सहारे ग्रामीण महिला विकास सहकारी संस्था लि. सहारे–४ सुर्खेतका कोषाअध्क्ष पूर्णा खान, कोटमाझ खर्क सामुदायिक कृषि सहकारी संस्था लि. सहारे आठ सुर्खेतका उपाध्यक्ष कर्णबहादुर घर्ती भेरी कृषि बजार सहकारी संस्था लि. सहारे–८ बोटेचौर सुर्खेतका बाली संयोजक रामबहादुर रोका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।