पर्यटन पत्रकार मञ्च गठन

 

सुर्खेत: कर्णाली पर्यटन पत्रकार मञ्च गठन गरिएको छ । शनिवार पत्रकार सुशील खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी मञ्च गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भइ स्थापना भएको मञ्चको उपाध्यक्षमा सिर्जना बुढाथोकी, महासचिवमा ओमबहादुर शाही, सचिवमा रजनीकुमारी योगी र कोषाध्यक्षमा नविनकुमार सुवेदी चयन भएका छन् । मञ्चको सदस्यमा मिमबहादुर रावल, जगतदल जनाला विक, खगेन्द्र शाही र चन्द्रा कँडेल छन् ।

मञ्चका अध्यक्ष खड्काले कर्णालीको पर्यटकीय क्षेत्रलाई पर्यटन पत्रकारितामार्फत उजागर गर्ने कोशिस गरिने बताए । अथाह सम्भावना बोकेको भएपनि ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गरी नीति निर्मातामाझ पु¥याउने उद्देश्य मञ्चको रहेको उनले जनाए । त्यसैगरी महासचिव शाहीले पत्रकारिताको माध्यमबाट कर्णालीको पर्यटन सम्भावनाको खोजी गर्नुका साथै पर्यटन प्रवद्र्धनको क्षेत्रमा अध्ययन, अनुसन्धान र अवलोकनमार्फत यसको प्रवद्र्धन र विकास गर्ने लक्ष्यका साथ मञ्च स्थापना गरिएको बताए ।

प्रकाशित मितिः   २५ श्रावण २०८२, आईतवार ०६:०४