तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाइने

सुर्खेत: तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर कर्णाली प्रदेश स्थापना दिवस मनाइने भएको छ । शनिवार बसेको बैठकले आगामी भदौ ३, ४ र ५ गते प्रदेश स्थापना तथा सहिद मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन गरिएको छ । दिवसअन्तर्गत भदौ ३ गते सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली प्रदेश उद्योग वाणिज्य संघको नेतृत्वमा वीरेन्द्रनगर बजार सरसफाइ गरिनेछ ।

त्यसैगरी भदौ ४ गते बिहान प्रभातफेरि गरिनेछ भने साँझ वीरेन्द्रनगरस्थित सहिद पार्कमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ । भदौ ५ गते वृक्षारोपण गरिनेछ । यसबाहेक पनि विभिन्न गतिविधि गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २५ श्रावण २०८२, आईतवार ०६:०६