यी हुन्, वीरेन्द्रनगरमा विजयी वडाअध्यक्षहरु

वीरेन्द्रनगर नगरपालिकाको मतगणना सम्पन्न भएको छ । नगरपालिकाको प्रमुखमा कांग्रेसका देवकुमार सुवेदी र उपप्रमुखमा एमालेका मोहनमाया ढकाल विजयी भएका छन् । १६ वटा वडा रहेको वीरेन्द्रनगरमा ९ वटा वडा एमालेले जितेको छ भने ६ वटा कांग्रेस र एउटा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । वीरेन्द्रनगरका १६ वटै वडाका विजेता वडा अध्यक्षहरुको नामावली यस्तो छ :

वीनपा १ : गंगाराम सुनार (एमाले)
वीनपा २ : बलबहालुर रोकाय (एमाले)
वीनपा ३ : भुपेन्द्र खत्री (कांग्रेस)
वीपना ४ : निलकण्ठ खनाल (एमाले)
वीनपा ५ : राजबहादुर गुरुङ (कांग्रेस)
वीनपा ६ : मोतिप्रसाद कंडेल (कांग्रेस)
वीनपा ७ : ध्रुवकुमार चपाइँ (कांग्रेस)
विनपा ८ : थमप्रसाद गौतम (एमाले)
वीनपा ९ : सुरेशकुमार मानन्धर (कांग्रेस)
वीनपा १० : रत्नबहादुर बुढा (एमाले)
वीनपा ११ : नन्दलाल शर्मा (एमाले)
वीनाप १२ : लोकप्रसाद चालिसे (एमाले)
वीनपा १३ : दिनेस चपाइँ (एमाले)
वीनपा १४ : टोपबहादुर दर्लामी (माओवादी केन्द्र)
वीनपा १५ : पुनबहादुर पुलामी (एमाले)
वीनपा १६ : पूर्ण ढकाल (कांग्रेस)

प्रकाशित मितिः   ६ जेष्ठ २०७४, शनिबार १७:०२