कांग्रेस ६, एमाले ३ र माओवादी ‘शून्य’

स्थानीय तहको निर्वाचन अन्तर्गत सुर्खेतका सबै तहको मतगणना कार्य सम्पन्न भएको छ । पाँच वटा नगरपालिका र चार वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसले ६ वटा स्थानीय तहमा जीत हात पारेको छ भने एमालेले तीन वटामा जितेको छ ।

कांग्रेसले जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, बराहतला गाउँपालिका र चिंगाड गाउँपालिकामा जित हात पारेको हो ।

यस्तै एमालेले लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा जितेको छ ।

७ वटा वडा मात्र जितेको नेकपा माओवादी केन्द्रले जिल्लाका कुनै पनि स्थानीय तहमा भने जीत हात पार्न सकेन ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७४, शनिबार १४:५८