वीरेन्द्रनगरको प्रमुखमा सुवेदी, उपप्रमुखमा ढकाल

वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । शनिवार सम्पन्न मतगणना अनुसार प्रमुखमा कांग्रेसका देवकुमार सुवेदी विजयी भएका हुन् । उनले १४ हजार ४ सय ५ मत प्राप्त गरे ।

उनका निकटम प्रतिद्धन्द्धी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर गाहाले ५ हजार २ सय २७ मत प्राप्त गरे ।

नगरपालिकाको उपप्रमुखमा एमालेकी मोहनमाया ढकाल विजयी भईन् । उनले १६ हजार ६८ मत प्राप्त गरिन् । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत प्राप्त गरिन् ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७४, शनिबार १४:४६