पोषणसम्बन्धी अन्तरक्रिया

सुर्खेत: भेरीगंगाका अपाङ्गता भएका बालबालिका र उनीहरूको अभिभावकलाई पोषणसम्बन्धी जानकारी दिइएको छ । परिलक्षित संस्थाद्वारा सञ्चालित शैक्षिक सहयोग परियोजनाअन्तर्गत भेरीगंगा नगरपालिकासँगको समन्वय फेल्म नेपालको आर्थिक सहयोगमा पोषणसम्बन्धी एक दिने अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाका १५ जनाको सहभागिता रहेको थियो । उनीहरूलाई भेरीगंगा नगरपालिकाका पोषणविद् अर्जुन चपाईंले पोषणसम्बन्धी जानकारी दिएका थिए ।

 

प्रकाशित मितिः   १७ श्रावण २०८२, शनिबार ०९:१६