भेरीगंगामा कांग्रेस विजयी

सुर्खेतको भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । नगरप्रमुखमा कांग्रेसका भुपेन्द्रबहादुर चन्द ७ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३ सय ९७ मत प्राप्त गरे ।
यस्तै नगरको उपप्रमुखमा कांग्रेसकै रेणु आचार्य ढकालले ७ हजार ५ सय ७४ मत प्राप्त गरि विजयी भईन ।