चौकुने गाउँपालिकामा एमाले विजयी

सुर्खेतको चौकुने गाउँपालिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धीरबहादुर शाही विजयी भएका छन् । उनले ३ हजार २ सय ४२ मत प्राप्ती जीत हात पारेका हुन् । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका खड्गबहादुर विकले २ हजार ७ सय ४५ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमालेकै निर्मला रानाले ३ हजार ३ सय ५६ मत प्राप्त गरी विजयी भईन् ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७४, शुक्रबार १५:३७