पञ्चपुरी नगरपालिकामा कांग्रेस विजयी

सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा उपेन्द्रबहादुर थापा विजयी भए । उनले ५ हजार १ सय ३४ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गरे । विजयी थापा नेपाली कांग्रेस सुर्खेतका पूर्वकार्यवाहक सभापति हुन् ।

उपप्रमुखमा पनि कांग्रेसक मुक्तिदेवी रेग्मी पुरी विजयी भईन् । उनले ५ हजार २ सय ४ मत प्राप्त गरिन् ।