सुर्खेतका ८ वटा स्थानीय तहको मतगणना सम्पन्न

सुर्खेतका नौं वटा स्थानीय तहमध्ये ८ वटाको मतगणना सम्पन्न भएको छ । जसमध्ये पाँच वटामा नेपाली कांग्रेसले जितेको छ भने तीन वटामा एमालेले जीत हासिल गरेको छ ।
पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, बराहतला गाउँपालिका र चिंगाड गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको हो । पञ्चपुरीमा उपेन्द्रबहादुर थापा, भेरीगंगामा भुपेन्द्रबहादुर चन्द, गुर्भाकोटमा हस्तबहादुर पुन, बराहतालमा तेजबहादुर बस्नेत र   चिंगाडमा देवबहादुर चन्दले जितेका छन् ।

यस्तै नेकपा एमालेले लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा विजय हासिल गरेको हो । लेकवेशीमा गगनसिह सुनार, चाैकुनेमा धीरबहादुर शाही र सिम्तामा कविन्द्रकुमार केसीले जीतेका हुन् । सर्वाधाकि चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकाको भने मतगणना जारी छ ।