स्थानीय सेवा ऐन पारित
सुर्खेत: कर्णालीको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । प्रदेश मामिला समितिले पेस गरेको प्रतिवेदनसहित विधेयक पारित भएको हो ।
यसअघि २०८१ असोज २९ गते ऐन जारी भएको थियो । तर ऐनप्रति कर्मचारी संगठनहरुले विरोध जनाए । ऐनमा थुप्रै त्रुटि रहेको र त्यसलाई सच्याउनुपर्ने माग गर्दै कर्मचारी आन्दोलित भएपछि सरकारले उक्त ऐन संशोधनका लागि अर्को विधेयक बनाएर प्रदेशसभामा पेस गरेको थियो ।
संशोधनका लागि पेस गरिएको विधेयक पनि विभेदकारी भएको भन्दै कर्मचारीहरुले पुनः आन्दोलन गरेको थिए । गत जेठमा कर्णालीका सबै स्थानीय तहका कर्मचारी प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला भएर आन्दोलन गरेका थिए । कर्मचारीहरुसँग भएको सहमतिअनुसार सरकारले विधेयक संशोधनसहित सभामा लगेको थियो ।
संशोधनका विषयमा विधायन समितिले छलफल गरेर पुनः सभाबाट पारित गरिएको हो । ऐनमा स्थानीय तहको प्रशासन सञ्चालन गर्न स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त तथा कर्मचारीको व्यवस्थापन सम्बन्धनमा व्यवस्था गरिएको छ ।
प्रकाशित मितिः १ श्रावण २०८२, बिहीबार ११:१४
साझा बिसौनी ।