आय–व्यय सार्वजनिक

सुर्खेत, ९ माघ । (साबिस)
यही माघ १ गतेदेखि ५ गतेसम्म सहारेको बोटेचौर सुर्खेतमा सञ्चालन भएको माघी मेला–२०७२ एवम् भेरी राप्ती अञ्चलस्तरीय लघु, घरेलुु, कृषि,जडिबुटी प्रदर्शनी तथा व्यापार महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ । आयोजकले शनिवार आय–व्यय सार्वजनिक गरेको हो ।
आयोजक समितिका कोषाध्यक्ष कमान सिं विकले उक्त महोत्सवमा जम्मा दुई लाख ५६ हजार रूपैयाँ आम्दानी भएको र दुई लाख ३० हजार तीन सय ४५ रूपैयाँ खर्च भएको जानकारी दिए । उनले २६ हजार रूपैयाँ बचत भएको जनाए । बचत रकम मध्य १० हजार रूपैयाँले सहारे–८ बोटेचौर सुर्खेतमा रहेको शिव मन्दिरमा शिवरात्री र राम नवमी पर्वमा मेला लगाउने र बाँकी रहेको पन्ध्र हजार रूपैयाँले माघी महोत्सव लगाउने जनाइएको छ ।

प्रकाशित मितिः   १० माघ २०७२, आईतवार ११:३७