ईत्राम उपशाखाको साधारणसभा

सुर्खेत, ९ माघ । (साबिस)
नेपाल रेडक्रस सोसाइटी ईत्राम उपशाखाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सचिव प्रकाश पौडेलले गत आर्थिक वर्षमा भएका गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष सरस्वती बस्नेतले गत आवमा भएको आर्थिक प्रतिवेदन तथा आगामी आवको प्रस्तावित आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 
कार्यक्रममा उपसभापति माधव ढकालले स्वागत मन्तव्य राखेका थिए । जिल्ला शाखा सुर्खैतका मन्त्री प्रदिप्त पौडेल, जिल्ला शाखाका कोषाध्यक्ष बलराम रेग्मी, श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविका प्राचार्य गेहेन्द्र दाहाल, जन उच्च माविका प्राचार्य यामबहादुर श्रेष्ठ, आजीवन सदस्य ओमदत्त रेग्मी, पूर्वमन्त्री देवप्रसाद गौतम लगायतको सहभागिता रहेको कार्यक्रम उपशाखाका सभापति चुँडामणि वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । 
प्रकाशित मितिः   १० माघ २०७२, आईतवार ११:३८