सोसल एकेडेमीको अभिभावक भेला

सुर्खेत, ९ माघ । (साबिस)
सोसल एकेडेमी बोर्डिङ स्कुल वीरेन्द्रनगर–४ भैरवस्थानको अभिभावक भेला शनिवार सम्पन्न भएको छ । भेलाले ऐनबहादुर शाहीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरूमा  सरिता बुढा, गोमा बसेल, बन्दना नेपाली, वीरेन्द्र कार्की, नरीप्रसाद धिताल, वीरबहादुर बसेल , भीमा घिमिरे र प्रमिला धौलाकोटी चयन भएका छन् । वरिष्ठ सल्लाहकार कमान सिंहलाई चयन गरिएको छ ।
भेलामा प्रिन्सिपल टिकाराम पौडेल, बोर्ड अफ डाइरेक्टर धर्मबहादुर चौधरी र नवमनोनित अध्यक्ष एनेबहादुर शाहीले शैक्षिक गुणस्तर वृद्धिका लागि गर्नुपर्ने काम र अभिभावकहरुको कर्तव्यका बारेमा धारणा राखेका थिए । 
प्रकाशित मितिः   १० माघ २०७२, आईतवार ११:३९