नेल्टा एक्सेसद्वारा जेब्रा सङ्केत निर्माण

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ ।
अमेरिकन दुतावास तथा नेल्टाद्वारा सञ्चालित अङ्ग्रेजी एक्सेस माइक्रोस्कलरसीप प्रोग्रामका विद्यार्थीहरूले वीरेन्द्रनगरमा जेब्राक्रस निर्माण गरिदिएका छन् । सुर्खेत एक्सेस सेन्टरका शिक्षक र विद्यार्थीहरूले शनिवार वीरेन्द्रनगरको नेताचौकमा दुई वटा जेब्राक्रस निर्माण गरेका हुन् ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले विद्यार्थीहरूलाई ट्राफिक नियमहरूका बारेमा जानकारी दिएका थिए । प्राविधिक रूपमा सहयोग गरेको ट्राफिक प्रहरीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय व्यवसायीहरूले समेत स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए । आयोजक संस्था नेल्टा सुर्खेतका सचिव धनिराम शर्मासहित एक्सेस शिक्षकहरू नवराज पौडेल, पुष्पा बंशी, मोतीराम सिंजापति र इन्द्रा वलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।