ब्राउनसुगर सहित २ जना प्रकाउ

सुर्खेत, २८ चैत । सुर्खेत प्रहरीले लागू औषध ब्राउनसुगरसहित दुइ जनालाइ पक्राउ गरेको छ । छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको अवस्थामा वीरेन्द्रनगर ६ का १४ र १६ वर्षका दुइ युवकलाइ शुब्बाकुनाबाट पक्राउ गरेको हो ।
भे १ प ७३२१ नम्बरको मोटरसाइकल जाँच गर्दा ज्याकेटभित्र लुकाइ राखिएको ४ पुरिया ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।