सुनको सिक्री लुट्ने चार जना पक्राउ

 सुर्खेत, २८ चैत । आइतवार दिउँसो एक युवकको सिक्री लुट्ने चार जनालाइ प्रहरीले पक्राउ गरेको छ । आइतवार वीरेन्द्रनगर १० स्थित नारायण पेट्रोलपम्प नजिकैबाट खगेन्द्र थापाको सुनको सिक्रि लुटिएको थियो । सिक्री लुटिएलगत्तै थापाले प्रहरीमा निवेदन दिएका थिए । 
उक्त निवेदनका आधारमा प्रहरीले सिक्री लुट्ने चार युवालाइ पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना १८ वर्षमूनिका छन् । लुटिएको सिक्रीसहित उनीहरुलाइ पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।