परियोजना हस्तान्तरण
सुर्खेत: स्थानीय सरकारले अपनत्व लिनेगरी परियोजना हस्तान्तरण गरिएको छ । नागरिक आवाजको सहयोगमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम वडाहरूलाई हस्तान्तरण गरिएको हो ।
वीरेन्द्रनगरका सात वटा वडालाई परियोजना हस्तान्तरण गरिएको सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले जनाएको छ । वामका अध्यक्ष देवि पौडेलले वीरेन्द्रनगरका सात वटा वडालाई परियोजना हस्तान्तरण गरिएको बताइन् । वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, ४, ५, ८, १०, ११ र १२ वडालाई परियोजना हस्तान्तरण गरिएको हो ।
परियोजनाले सबै वडाका गरी २५ जना सिमान्तकृत महिलाहरूलाई सीप विकाससम्बन्धी तालिम दिएको पौडेलले जनाइन् । उक्त समुदायका महिलालाई स्थानीय सरकारले आयआर्जनमा जोड्नेगरी परियोजना हस्तान्तरण गरिएको उनको भनाइ छ ।
वामले नागरिक आवाजको सहयोगमा सामुदायिक सुरक्षा जालो कार्यक्रममार्फत विभिन्न तालिमका कार्यक्रम गर्दै आएको थियो । परियोजनाको अवधि सकिएपछि कार्यक्रमको निरन्तरताका लागि परियोजना हस्तान्तरण गरिएको वामका कार्यकारी निर्देशक मधुरानी ढकालले बताइन् । उनका अनुसार २०७९ देखि २०८२ असारसम्म परियोजनाको अवधि रहेको थियो । परियोजनाको अवधिसकिएपछि स्थानीय सरकारलाई परियोजनाको दायित्व पूराहुनेगरी जिम्मेवारी प्रदान गरिएको छ । परियोजनाले विभिन्न सचेतनाका कार्यक्रम गरेको थियो ।
प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १२:४७
साझा बिसौनी ।