तुइन विस्थापित योजना

कर्णाली प्रदेशका केही पालिकाहरूमा अहिले पनि तुइन चढ्नुपर्ने बाध्यता छ । नदीमा पुल नहुँदा नागरिक तुइनको जोखिमपूर्ण यात्रा गर्ने गर्दछन् । अब भने प्रदेश सरकारले तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने नीति अबलम्वन गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइन मुक्त बनाउने नीति अनुरूप तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तुइनको विवरण माग गरेको छ । दशवटै जिल्लाहरूबाट विवरण माग गरिएको हो । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई यसलाई समेटेको छ ।

कर्णालीका ग्रामीण भेगमा मानवीय जोखिम मानिने तुइन प्रयोग भइरहेका छन् । आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत प्रदेशलाई पूर्ण रूपमा तुइन मुक्त गर्नेगरी योजना बनाइएको छ । उसो त २०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइन मुक्त देश घोषणा गरेका थिए । तर कर्णाली कतिपय स्थानमा अझै पनि नागरिकहरू तुइनकै भरमा यात्रा गर्न बाध्य छन् । अब भने तुइनमुक्त बनाउने गरी प्रदेश सरकारले पनि काम अघि बढाएको छ । जिल्लाहरूबाट आएको विवरण अनुरूप तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिनेछ । अहिले तुइनको विवरण माग भइरहेको र आगामी वर्षमा सोहीअनुसार झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयले जनाएको छ । हिमाली जिल्ला हुम्लामा मात्र कर्णाली नदीमाथि आधा दर्जन तुइन रहेको जनाइएको छ । हिमाली जिल्लाका अन्य पालिकाहरूको समेत अवस्था दयनिय छ । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममै तुइन विस्थापित योजना समेटेको थियो । त्यसमा भनिएको छ, ‘पर्यटकीय महङ्खव भएका स्थान र दुरी घटाउन झोलुङ्गे पुल निर्माण गर्नुका साथै आधा घण्टाको हिँडाइ र फेरोभित्र पहुँच पु¥याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र कर्णालीबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ ।’

तुइन विस्थापित गर्नुका साथसाथै सरकारले झोलुे पुल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका हुन् । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानेछन् । यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

प्रकाशित मितिः   १ असार २०८२, आईतवार ०९:५९