नीति–कार्यक्रम पारित

सुर्खेत: कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित भएको छ । आइतवार प्रदेशसभाबाट बहुमतले नीति–कार्यक्रम पारित भएको हो ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक अस्थिरताकाबीचबाट पनि कर्णालीलाई समृद्ध बनाउने उद्देश्यसहित सरकार अघि बढेको बताए । उनले प्रदेशसभाबाट पारित भएको नीति–कार्यक्रमकै आधारमा सरकारले आगमी बजेट बनाउने बताए । ‘अब आउने बजेट नीति तथा कार्यक्रमकै आलोकमा तयार भएर आउँछ’ कँडेलले भने, ‘बजेटको अंकले दिने क्षमतासम्म प्रयोग गरेर तयार गरिनेछ ।’

सरकारले प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम ल्याइएको छ । गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत् मानव पुँजीको विकास गर्ने, शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिबी निवारणमा अन्तरआवद्धता कायम गर्ने नीति राखिएको छ । कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातमा प्रोत्साहन गर्ने, उद्योग, पर्यटन, कृषि र पशु क्षेत्रमा विशेष कार्यक्रम सञ्चालितमार्फत रोजगारी सिर्जना गर्दै समृद्धि हासिल गर्ने लक्ष्य सरकारले राखेको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०८२, सोमबार ०८:१७