सुर्खेतको लेकवेशीमा एमाले विजयी

सुर्खेतको लेकवेशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जीत हात पारेको हो ।
कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका गननसिं सुनार मेयरमा विजयी भएका हुन् । उनले पाँच हजार सात सय ५३ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश पौडेलले चार हजार तीन सय ९९ मत प्राप्त गरे । नगरपालिको उपमेयरमा एमालेकै शान्तिकुमारी छन्तेल विजयी भए ।
उनले पाँच हजार सात सय ४० मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका लीलामति विकले चार हजार चार सय ३८ मत प्राप्त गरिन् ।
यस्तै नगरपालिका १० वटा वडामध्ये ६ वटा वडामा एमालेले जितेको छ । यस्तै तीन वटा वडाहरुमा कांग्रेसले जितेको छ । माओवादी केन्द्रले एउटा वडामा जीत हात पारेको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये अब ६ वटा तहको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।