बराहतालमा कांग्रेस विजयी

सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जीत हात पारेको हो ।
एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका तेजबहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन् । बस्नेतले तीन हजार दुई सय २१ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका ताराकेशर गौतमले दुई हजार नौ सय ६४ मत प्राप्त गरे । गाउँ पालिकाको उपाध्यक्षमा कांग्रेसकै शोभा शर्मा विजयी विजयी भएकी छन् । । शर्माले तीन हजार तीन सय २२ मत प्राप्त गरिन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका आशा थापाले तीन हजार हजार दुई सय मत प्राप्त गरिन् ।

यस्तै गाउँपालिकाका १० वटा वडामध्ये चार वटा वडामा कांग्रेसले जितेको छ । यस्तै तीन वटा वडाहरुमा एमालेले जितेको छ । माओवादी केन्द्रले दुई वटा वडामा जीत हात पारेको छ भने एउटा वडामा स्वतन्त्रले विजय हासिल गरेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये अब सात वटा तहको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७४, बुधबार १७:१६