चिङ्गाड गाउँपालिकामा कांग्रेस विजयी

सुर्खेतको चिङगाड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका देवबहादुर चन्द २ हजार ९ सय ४९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनी २०५४ मा पनि गाविस अध्यक्ष भएका थिए । उनका प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २ हजार ३ सय ८५ मत पाएका छन् भने माओवादी केन्द्रका बोधविक्रम जिसीले १ सय ७ सय २१ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्यले २ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छन् भने प्रतिद्वन्दी एमालेकी दीपा कुमारी रानाले २ हजार ४ सय १४ र माओवादी केन्द्रकी तेजकुमारी राना १ हजार ५ सय १९ मत प्राप्त गरिन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७४, बुधबार १०:२६