दैलेखको मतगणना सम्पन्न, यस्तो छ परिणाम
दैलेखका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले जितेको छ ।
गाउँपालिका तर्फ ठाँटीकाँध, भैरवी, महाबु र भगवतीमाईमा पनि एमाले अध्यक्ष तथा उपाध्यक्ष, वडामा समेत बर्चस्व कायम गरेको छ । नेपाली काँग्रेसले दुल्लू नगरपालिकामा मेयर र आठबीसमा उपमेयर जितेको छ । काँग्रेसले डुंङ्गेश्वर, नौमूले र गुराँस गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष सहित बहुमत हासिल गरेको छ ।
जिल्लाभरका ९० वटा वडा मध्ये २ वडा नेमकिपा, १ राप्रपा र बाँकी काँगे्रसले ३३ र एमालेले ५४ जितेका छन् । माओवादी केन्द्रले एउटै वडा पनि जितेन ।
नेकपा एमालेले जितेका
नारायण नगरपालिका
मेयर – रत्नबहादुर खड्का
उपमेयर – सावित्री मल्ल
चामुण्डा बिन्द्रासैनी नगरपालिका
मेयर – सूर्यबहादुर शाही
उपमेयर – तारा शाही खत्री
आठबीस नगरपालिका
मेयर – खड्गराज उपाध्याय
दुल्लू नगरपालिका
उपमेयर – बिशनु थापा
भगवतीमाई गाउँपालिका
अध्यक्ष – दानबहादुर थापा
उपाध्यक्ष – चन्दा रेग्मी
महाबुगाउँपालिका
अध्यक्ष – जंगबहादुर शाही
उपाध्यक्ष – प्रेमकुमारी बुढा
भैरबी गाउँपालिका
अध्यक्ष – प्रेमबहादुर बुढा
उपाध्यक्ष – पदमकुमारी बिष्ट
ठाँटीकाँध गाउँपालिका
अध्यक्ष – धीरबहादुर शाही
उपाध्यक्ष – सुस्मिता सिंह
काँग्रेसले जितेका
दुल्लू नगरपालिका
मेयर – घनश्याम भण्डारी
आठबीस नगरपालिका
उपमेयर – दीपा बोहोरा
डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष – नगेन्द्रबहादुर मल्ल
उपाध्यक्ष – सीता ज्ञवाली
नौमूले गाउँपालिका
अध्यक्ष – भदे ९भविराम० बुढा
उपाध्यक्ष – अमृता सिंह
गुराँस गाउँपालिका
अध्यक्ष – खेमराज ओली
उपाध्यक्ष – दीपा बीसी
साझा बिसौनी ।