योजना तर्जुमा बैठक

सुर्खेत, १० माघ । (साबिस)
जिल्लाको इलाका नं. ६ को इलाकास्तरीय योजना तर्जुमा बैठक आइतवार अवलचिङमा सम्पन्न भएको छ । इलाका बैठकले आर्थिक विकास, सामाजिक विकास, संस्थागत विकास, भौतिक पूर्वाधार विकास र वन तथा वातावरण विषयमा विभिन्न योजना तर्जुमा गरेको छ । 
जिल्ला प्राविधिक कार्यालय सुर्खेतका इन्जिनियर रोशन बुढाथोकीको प्रमुख आतिथ्यता तथा अवलचिङ गाविसका सचिव विष्णुबहादुर बिसीको अध्यक्षतामा परिषद् सम्पन्न भएको हो । इलाका नं. ६ अन्तर्गत अवलचिङसहित रानीवास, मटेला, रजेना, पाम्का र घोरेटा गाविस पर्दछन् ।