एड्भान्समा खेलकुद सप्ताह सुरु
सुर्खेत, १० माघ । (साबिस)
वीरेन्द्रनगर १८ तातापानीस्थित एड्भान्स एकेडेमी सुर्खेतमा आइतवारदेखि खेलकुद सप्ताह सुरु भएको छ । एकेडेमीका सञ्चालक समिति सचिव जीवन शाहीले दीप प्रज्वलन तथा छेलो प्रहार गरी खेलकुद सप्ताहको उद्घाटन गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शाहीले विद्यार्थीहरूको सर्वाङ्गिण विकासको लागि खेलकुद अपरिहार्य भएको बताउँदै खेलले मानव जीवनशैलीमा अनुशासित र गतिशीलता प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मनु वली, पूर्व प्रिन्सिपल डिल्लकुमारी फौजाले विद्याथीहरूलाई कर्तव्यनिष्ट भएर आफनो सहभागिता खेलकुद सप्ताहमा प्रदर्शन गर्न अनुरोध गरेका थिए ।
माघ १५ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आइतवार तातो आलु, चम्चा दौड, मैनवत्ती दौड, म्युजिकल चियर खेल पहिलो माध्यामिक तह निम्न माध्यमिक तह प्राथमिक तह र पूर्व प्राथमिक तहका विद्यार्थीहरूको बेग्ला–बेग्लै चरणमा विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने प्राथमिक तह खेलकुद संयोजक यशोदा सिंहले जानकारी दिइन् । माध्यामिक तहका खेलकुद संयोजक प्रकाश आरसीको सहजीकरण तथा सञ्चालनमा सुरु भएको कार्यक्रम प्राचार्य मणिराम देवकोटाको सभापतित्वमा भएको हो ।
साझा बिसौनी संवाददाता ।