डिभी निकेतनलाई उपाधि

सुर्खेत: डिभी निकेतनले सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । मंगलवार भएको फाइनलमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोकलाई नौ विकेटले पराजित गर्दै डिभी निकेतन च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चाँदनीचोकले १३ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्रै जोड्न सक्यो । उसका लागि सम्राट शाहीले १६ तथा कस्तुप खड्का र कोशिश ढकालले समान १२/१२ रन बनाए । डिभी निकेतनका विजय शाहीले तीन विकेट लिँदा गौरभ बुढा र योकेन्द्र बुढाले दुई/दुई विकेट लिए । धीरेन्द्र शाही र प्रकाश रोकायले एक/एक विकेट हात पारे ।

६६ रनको सामान्य लक्ष्य डिभी निकेटले ९.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । डिभीका विजय शाहीले ३५ रन बनाए भने गौरभ बुढाले २२ र भुपेन्द्र शाहीले पाँच रनको योगदान दिए । चाँदनीचोकका लागि एक मात्र विकेट लक्ष्मण शाहीले लिए ।

१६ वर्षमूनिका जिल्लास्तरीय खेलाडी छनोटका लागि अन्तरविद्यालय च्याम्पियनसिप आयोजना गरिएको हो ।

 

प्रकाशित मितिः   ३१ बैशाख २०८२, बुधबार ०५:०४