डिभी निकेतन र चाँदनीचोक फाइनलमा

सुर्खेतः नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोक र डिभी निकेतन विद्यालय सुर्खेतमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । सोमवार भएको सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै यी दुई टिम उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा चाँदनीचोकले हार्भेष्टमून माध्यमिक विद्यालयलाई एक सय सात रनको फराकिलो अन्तरले पराजित ग¥यो । चाँदनीचोकले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । उसका लागि कस्तुप खड्काले सर्वाधिक ७३ रनको योगदान दिए । समिर ऐडीले ४१ रन बनाए । बलिङतर्फ हार्भेष्टमूनका लागि रोहित जिसीले चार ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए ।

एक सय ६४ रनको लक्ष्य पछ्याएको हार्भेष्टमून ५६ रनमै अलआउट हुन पुग्यो । उसका लागि दुई जना ब्याट्सम्यानले क्रमशः १३ र १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन समेत सकेनन् । चाँदनीचोकको नविन रोकायाले चार, करण दर्लामीले दुई तथा उज्वल तिमिल्सेना र जेनिस मल्लले एक÷एक विकेट लिए ।

सोमवार नै भएको दोस्रो सेमिफाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ६ विकेटले पराजित गर्दै डिभी निकेतनले पनि फाइनलमा स्थान पक्का गरेको छ । इगरब्रिजले दिएको ९८ रनको सामान्य लक्ष्य डिभी निकेतनले १४.५ ओभरमा जम्मा चार विकेट गुमाएर पूरा ग¥यो । उसका लागि भूपेन्द्र शाहीले सर्वाधिक ४३ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इगरब्रिजले नौ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो । उसका लागि यसराज हमालले २२, सुदिप मगरले १८ र सुशासन कठायतले १४ रन बनाए । डिभी निकेतनका गौरव बुढाले चार, विजय शाहीले दुई तथा धिरेन्द्र शाही र प्रकाश रोकायले एक÷एक विकेट लिए । उपाधिका लागि फाइनल खेल मंगलवार(आज) हुँदैछ । यो प्रतियोगिताबाट १६ वर्षमूनिको जिल्लास्तरीय टिम छनोट गरिनेछ ।

प्रकाशित मितिः   ३० बैशाख २०८२, मंगलवार ०५:०३