सकियो छोरी सम्मेलन

सुर्खेतः दश बुँदै घोषणापत्र जारी गर्दै कर्णाली छोरी सम्मेलन सकिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलो पटक आयोजना गरिएको छोरी सम्मेलन अन्तर्गत तीन दिनसम्म छोरीहरूका विभिन्न विषयमाथि छलफल गरिएको थियो । जसबाट दश बुँदे घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेको बालविवाह तथा लैङ्गिक विभेद अन्त्यका लागि प्रादेशिक तथा स्थानीय तहमा बाल विवाह अन्त्यका लागि रणनीति एवम् कार्य योजना निर्माण गरी बालिका तथा किशोरी केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने, विभेद विरुद्ध कानुन निर्माणमा सघाउ पु¥याउने लगायतका विषयहरू समेटिएका छन् ।

यस्तै बालिका तथा किशोरीविरुद्ध हुने सबै प्रकारका हिंसा तथा दुव्र्यवहार रोकथाम र न्यूनीकरणका लागि प्रदेशभित्रका सबै विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको कार्यान्वयन समेत, बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने निजी क्षेत्र र सामाजिक संस्थामा बाल संरक्षण मापदण्ड लागू गराउन विद्यालयको स्थानीय पाठ्यक्रममा यी विषयहरूलाई समावेश गरी विद्यालयबाटै विभेदमुक्त शिक्षाका लागि पहल गर्ने, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशका बालिका तथा किशोरीमा यसबाट पर्ने प्रभाव न्यूनीकरणका लागि विपद् व्यवस्थापनको चरणहरूमा किशोरीहरूको सहभागिता र विशेष आवश्यकताहरूको सम्बोधन सुनिश्चित गर्ने, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवम् समुदाय स्तरमा किशोरी सहभागिताका लागि प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्नेलगायतका रहेका छन् ।

कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउने उद्देश्यसहित उक्त सम्मेलन गरिएको आयोजक ज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन् । शनिवार, आइतवार र सोमवार गरेर तीन दिन सञ्चालन भएको सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहका दुई सयभन्दा बढी छोरीहरू सहभागी थिए ।

प्रकाशित मितिः   ३० बैशाख २०८२, मंगलवार ०५:०१