कविता

शिक्षकको स्वर, न्यायको खाँचो

कल्याणी खड्का

काठमाडौंको सडकमा १२ दिन भइसक्यो
शिक्षाको शिरमा पसिना
आँखामा आँसु मिसिएको
शिक्षा ऐनको माग मात्रै हो बढी केही होइन
तर सुन्दैन सरकार यो लाचारी कम्ती होइन

सिढी चढाउने थिए जो आज आफै चिप्लिएका छन्
कापी, कलम छाडेर हातमा व्यानर उठाएका छन्
यो देशमा शिक्षक बन आफैंमा संघर्ष बन्नेछ

सत्ताको भित्ताभित्र मौन छ कानुनको रेखा
तर शिक्षकमाथि झनै थिचोमिचो
कता हरायो लेखा
शिक्षाविना देश उज्यालो हँुदैन यो सत्य बुझ्नुपर्ने
शिक्षकको ईज्जत नगरेसम्म समाज कसरी बन्ने ?

शिक्षक रोएको दिन पुस्ताले आँसु झार्नेछन्
आज बोलेनौ भने भोलि तिमि पनि हार्नेछौँ
मलम यही छ, न्याय देउ
ऐन देउ, स्वाभिमान देउ सरकार
शिक्षकलाई सम्मान देऊ
देशलाई साँचो पहिचान देऊ सरकार ।।

प्रकाशित मितिः   ३१ चैत्र २०८१, आईतवार १२:०८