जलविद्युतमा लगानी
कर्णालीमा अर्को ठूलो जलविद्युत आयोजना बन्न लागेको छ । जुम्ला जिल्लामा ७० मेघावाटको जलविद्युत आयोजना बन्न लागेको हो । जिल्लाको तिला नदीमा ७० दशमलव ३७ मेघावाटको विद्युत आयोजनाका लागि प्रि–फिजिविलीटी अध्ययनको काम थालिएको छ । अहिले अध्ययनको काम धमाधम भइरहेको जनाइएको छ । अध्ययनको काम नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयले गरिरहेको छ । सरकारी तबरबाट यो आयोजना सञ्चालनको तयारी गरिएको हो । नेपाल विद्युत प्राधिकरण जवा तिला अर्धजलाशययुक्त जलविधुत आयोजना, नेपाल विद्युत प्राधिकरण, इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभाग लाजिम्पाट काठमाडौंले जारी गरेको सूचनामा ७० दशमलव ३७ मेघावाटको वातावरणीय प्रभाव मूल्यांकन निर्धारणसम्बन्धी सार्वजनिक सूचनाको प्रस्ताव गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभागका अनुसार जवा तिला अर्धजलाशययूक्त जलविद्युत आयोजना (७० दशमलव ३७ मेघावाट) जुम्ला जिल्ला तथा कालीकोट जिल्ला हुँदै बहने तिला नदीमा प्रस्ताव गरिएको छ । आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ्ग रन अफ दि एयरको रूपमा दैनिक ६ घण्टा विद्युत उत्पादन गर्नेगरी निर्माण गरिनेछ । सामाजिक अध्ययन विकागका अनुसार यो विद्युत जुम्ला जिल्लाको तिला गाउँपालिका रारालिहीको पद्दुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७ दशमलव ५० मिटर लामो बाध निर्माण गरिनेछ । बाँधबाट ६.४२३ किमी लामो सुरुङमार्फत पानी नाग्ममा रहेको विद्युत गृहमा खसाइने छ । अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्यांकनपछि डिजाइन स्टमेट तयार गरि स्रोत सुनिश्तितालगायत विभिन्न चरणमा काम गरेर अगाडि बढाउने लक्ष्य रहेको छ । जुम्लामा निर्माण भइरहेको विद्युत प्राधिकरण सब स्टेसनले पनि विद्युत प्रवाहमा गुणस्तरता कायम गर्ने तथा यो परियोजना अगाडि बढेमा राज्यलाई नै फाइदा हुनेगरी अगाडि बढाउन लागिएको हो ।
कर्णालीका धेरै जलविद्युत आयोजना अध्ययनकै चरणमा रहेका छन् । कमैले मात्र विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएका छन् । कर्णालीलाई परीक्षणको रूपमा मात्र हेरिएको छ । अहिलेसम्म ठूलो आयोजना सञ्चालनमा छैनन् । लगानीमैत्री वातावरण नहुँनु, धेरै आर्थिक लाभ लिन नसक्नुले पनि आयोजना निर्माणमा लगानी कर्ताले चासो दिएका छैनन् । भन्दा त वर्षाैंदेखि आयोजना निर्माणका नाममा नदी होल्ड गरेर बसेको देखिन्छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने आशमा कर्णाली नदी भारतीय कम्पनीले होल्ड गरिरहेको छ । बन्लाबन्ला भन्नेबेला फेरि आयोजनाले अर्को मोड लिने गरेको छ । यसो हेर्दा यो आयोजनाबाट आशाभन्दा निराशा बढी छ । अहिले भने केही चलायमान जस्तो देखिएको छ ।
प्रकाशित मितिः २९ चैत्र २०८१, शुक्रबार १२:३२
सम्पादकीय ।