भुवनलाई आईएमईको छात्रवृत्ति

साझा बिसौनी संवाददाता
दैलेख, ११ माघ ।
ग्लोबल आईएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आईएमईले ‘आकांक्षा छात्रवृत्ति’ प्रदान गरेको हो । 
आईएमईका क्षेत्रीय प्रमुख जगदिश शाहले विद्यालयमै आयोजित कार्यक्रममा १० हजार रूपैयाँको चेक प्रदान गरे । आईएमई सेन्टर मनकामना इन्टरप्राइजेज दैलेखका सञ्चालक सनोज कायस्थले विद्यालयको सिफारिसमा आकांक्षा फाराम भरेका मध्येबाट भुवनलाई छनौट गरिएको जानकारी दिए । ग्लोबल आईएमईले पहिलोपटक ‘आकांक्षा छात्रवृत्ति’ वितरण गरेको हो ।
प्रकाशित मितिः   १२ माघ २०७२, मंगलवार १०:१२