आयोगको टोली सुर्खेतमा

सुर्खेत, ११ माघ । (साबिस)
पत्रकारहरूमाथि भएको दुव्र्यवहारको घटना छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । गत पुस १९ गते नेपाली सेनाबाट पत्रकारमाथि भएको दुव्र्यवहारबारे स्थलगत अनुसन्धान गर्न टोली सोमवार सुर्खेत आएको हो । 
सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीद्वारा शिक्षक कुटिएको घटनामा समाचार सङ्कलन गर्न गएका पत्रकारहरू सुदीप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि सेनाका कर्णेल शिवप्रताप कार्कीले ज्यान मार्ने धम्की दिँदै दुव्र्यवहार गरेका थिए । पत्रकार महासंघ केन्द्रले घटनाको छानविन गर्न आयोगलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जको टोली सुर्खेत आएको हो ।