कर्णालीका २६ क्याम्पसमा स्ववियू निर्वाचन
सुर्खेत: कर्णाली प्रदेशका २६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ । त्रिभुव विश्वविद्यालय अन्तर्गतका ३३ मध्ये सात क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ भने मंगलवार २६ वटामा नेतृत्व चयन गरिएको छ ।
निर्वाचन भएकामध्ये माओवादी निकट अखिल क्रान्तिकारीले १२, नेकपा एमाले निकट अनेरास्ववियूले आठ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ वटा क्याम्पसमा जित हासिल गरेको छ ।
अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका पाँच क्याम्पसमा एकछत्र चुनाव जितेको छ । सबै राजनीतिक दलहरूले प्रतिष्ठानको विषय बनेको सुर्खेत बहुमुखी क्याम्पसमा भने चुनाव हुन सकेन । यसअघि एमाले निकट विद्यार्थी संगठनले जितेको सुर्खेत बहुमुखीमा एमाले निकट विद्यार्थीहरूले नै तोडफोड गरेपछि चुनाव स्थगित भएको छ । राजनीतिक रूपमा सबैभन्दा ठूलो दल कांग्रेस भने स्ववियु निर्वाचनमा तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः ७ चैत्र २०८१, बिहीबार ०६:०१
साझा बिसौनी ।