कर्णालीको दोस्रो जित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । मंगलवार रूपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि एक सय २७ रनको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको कोशी ९१ रनमा अलआउट भएको छ । कोशीका लागि ओपनर चिराग साहले सबैभन्दा बढी २५ रन बनाए । बलिङमा कर्णालीका सुनील धमला र दीपेन्द्र रावतले तीन÷तीन विकेट लिए । दिवान पुनको नाममा दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्तीको नटआउट ८८ रनको मद्दतमा नौ विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो । प्लेयर अफ दि म्याच अर्जुनले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गरे । कर्णालीका लागि हिमांशु शाहीले जोडेको ४६ रन पनि महŒवपूर्ण सावित भयो । बलिङमा कोशीका बिपिन महतोले तीन विकेट लिँदा दिपेश कँडेल र प्रकास कार्कीले दुई–दुई विकेट हात पारे । प्रतियोगितामा कर्णालीले पाँच खेल खेल्दा दुई खेलमा जित हात पारेको छ ।

 

प्रकाशित मितिः   ६ चैत्र २०८१, बुधबार ०६:०२