प्रवेशद्वार शिलान्यास
साझा बिसौनी संवाददाता
दैलेख, ११ माघ ।
दैलेखमा मुख्य बजार प्रवेश गर्ने सडकमा प्रवेशद्वार निर्माण गरिने भएको छ । त्यसका लागि सोमवार प्रवेशद्वारको शिलान्यास गरिएको छ ।
लायन्स क्लब अफ दैलेखले प्रवेशद्वार शिलान्यास गरेको हो । लायन्स क्लब तीन सय ३२ बी टु का गर्भनर डीके ढुङ्गानाले प्रवेशद्वारको शिलान्यास गरेका हुन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको लायन्स क्लब अफ दैलेखका अध्यक्ष बासना थापाले बताइन् । प्रवेशद्वार निर्माणका लागि आठ लाख रूपैयाँ खर्च हुने बताइएको छ ।
साझा बिसौनी संवाददाता ।