काँक्रेविहार संरक्षणका लागि मन्त्रीलाई मागपत्र

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ माघ ।
काँक्रेविहार वन क्षेत्रको संरक्षणका लागि वनमन्त्री अग्निप्रसाद सापकोटासँग मागपत्र पेश गरिएको छ । सोमवार काँक्रेविहार पुगेका मन्त्री सापकोटालाई शिवविहार पुस्तकालय लाटीकोइलीले वन संरक्षणका लागि मागपत्र पेश गरेको हो ।
नेपालकै एक मात्र संरक्षित वन काँक्रेविहारबाट चोरी शिकारी बढेको भन्दै पुस्तकालयले उक्त वनको संरक्षणका लागि वन क्षेत्रलाई बारबन्देज गराइदिन सरकारसँग माग गरेको हो । वनभित्र रहेका दुर्लभ बोटबिरुवा, त्यहाँ पाइने जंगली जनावर र जैविक विविधतायुक्त वस्तुहरूको चोरी निकासी बढेकोमा पुस्तकालयले चिन्ता व्यक्त गरेको छ । 
स्थानीयवासी, विभिन्न क्लबले वन संरक्षणका प्रयास गरेपनि चारैतिर खुला भएका कारण चोरी निकासी नियन्त्रण हुन नसकेको मागपत्रमा उल्लेख गरिएको छ । चारैतिर बारबन्देज लगाउन सकेको खण्डमा वनबाट महŒवपूर्ण वनस्पति तथा जीवजन्तुहरूको चोरी शिकारी रोकिने विश्वास गरिएको छ । मागपत्रमा काँक्रेविहार भग्नावशेष पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएकोप्रति खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद समेत ज्ञापन गरिएको छ । 
प्रकाशित मितिः   १२ माघ २०७२, मंगलवार १०:२१